सरकारी बैंकलाई मर्जरमा जान गभर्नरको सुझाव
nayapatrikadaily.com · Wed Jan 25 00:31:00 GMT 2023
सरकारी स्वामित्वका तीन वाणिज्य बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुझाएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले निजी क्षेत्रका बैंकहरूको मर्जरले लिएको गतिले बैंकहरूको आकार बढिरहेको अवस्थामा तीनवटा सरकारी बैंक मर्जरका लागि आपसमा कुरा गर्न सकिने बताए ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासका लागि हुने र अग्रणी रूपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यान्वयन गर्ने गरेको बताए । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताए । उनले बैंकले नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताए । उनले संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त र शून्य सहनशीलता नीति अपनाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)