एमालेको ध्यान अब राष्ट्रपतिमा
ekantipur.com · Fri Jan 20 00:48:39 GMT 2023
काठमाडौँ — सभामुख निर्वाचनपछि एमालेका ध्यान राष्ट्रपति निर्वाचनतर्फ सोझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पुस १० मा भएको सहमतिअनुसार त्यही दिन दाहाल प्रधानमन्त्री र बिहीबार एमाले सांसद देवराज घिमिरे सभामुख भइसकेका छन् । दुई शीर्ष नेताले पुस १० मै राष्ट्रपति एमालेबाट चयन गर्ने सहमति गरेका भए पनि कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादीको मत लिने प्रयास गरिरहेको छ । कांग्रेसको भूमिकाका कारण एमाले पनि ढुक्क देखिँदैन ।
एमालेले सहमतिअनुसार राष्ट्रपति आफ्नै पार्टीबाट हुनुपर्ने अभिव्यक्ति दोहोर्याइरहेको छ । राष्ट्रपतिमा सबै दलबीच समझदारी बनाउने प्रयास हुने प्रधानमन्त्री दाहालको भनाइ छ । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बिहीबार दाहालले राष्ट्रपति र उपराष्ट्रपतिमा सहमतिको प्रयास भइरहेको बताए । ‘सभामुखकै जसरी उपसभामुखको पनि निर्वाचन हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले एउटा समझदारी बनिदिए हुन्थ्यो भनेर प्रयास गरिरहेका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)