के दलाई लामाको उत्तराधिकारी चयन विवादमा नेपाललाई तान्न खोजिएको हो ?
corporatenepal.com · Thu Oct 29 00:58:21 GMT 2026

काठमाडौं । एक साताभित्र दुई अमेरिकी संसदीय टोलीले काठमाडौं भ्रमण गरेपछि उनीहरूको भ्रमणको उद्देश्यलाई लिएर प्रश्न उठाइएको छ। स्विस–इटालियन भू–राजनीतिक टिप्पणीकार एन्जेलो जुलियानोले नेपाल भ्रमणमा आएका अमेरिकी संसदीय टोलीको वास्तविक उद्देश्य तिब्बती धर्मगुरु दलाई लामाको उत्तराधिकारी चयनसँग सम्बन्धित हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।
जुलियानोका अनुसार अमेरिकी प्रतिनिधिसभाको ‘वेज एन्ड मिन्स’ समितिका सभापति जेसन स्मिथको नेतृत्वमा १६ सदस्यीय टोलीले धर्मशालामा दलाई लामासँग भेट गरेको थियो। त्यसपछि भुटान भ्रमण गरी उक्त टोलीले अक्टोबर २३ मा सभामुख आर्यालसँग भेट गरेको थियो। दलाई लामाको उत्तराधिकारी चयनमा चीनको भूमिकासम्बन्धी अमेरिकी नीतिसँग जोडिएको ‘रिजोल्भ तिब्बत ऐन’ का प्रस्तावक सिनेटर टोड योङ पनि उक्त भ्रमणमा सहभागी थिए। उनले काठमाडौंका बौद्ध र स्वयम्भूजस्ता तिब्बती समुदायको बसोबास रहेका क्षेत्रको समेत भ्रमण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)