मिटरब्याज पीडितलाई काठमाडौं आउन बाध्य नपार
baahrakhari.com · Mon Jul 13 07:10:41 GMT 2026
मिटरब्याज पीडितहरूले मधेस प्रदेशको राजधानी जनकपुरबाट असार २५ गते सुरु गरेको ‘न्याय मार्च’ पाँचौँ दिन वर्षाका कारण प्रभावित भएको छ । न्याय खोज्न काठमाडौंतर्फ पैदल हिँडेका उनीहरू रौतहटको चपुरमा रोकिएका छन् । करिब डेढ सय सहभागीका लागि पर्याप्त छाताको व्यवस्था हुन नसक्दा यात्रा केही समयका लागि स्थगित भएको हो ।
लगातारको पैदल यात्रा, चर्को घाम र वर्षाका कारण धेरैको खुट्टा सुन्निएको, फोका उठेका र स्वास्थ्यमा अन्य समस्या देखिएका छन् । तर उनीहरू माग पूरा नभएसम्म काठमाडौं पुगेर आन्दोलन जारी राख्ने अडानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)