बेलायतमा कोरोना संक्रमण दरमा कमी, थप ८२८ को मृत्यु
ratopati.com
लन्डन । बेलायतमा कोरोना संक्रमण दर तथा मृतक संख्यामा केहि कमी आएको छ । लकडाउन र कोरोना विरुद्धको खोपका कारण यसको प्रभाव कम हुँदै गएको अधिकारीहरुले बताएका छन् । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ८२८ जनाको मृत्यु भएको छ ।
यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार ९२ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ। अघिल्लो दिन एक हजारभन्दा बढी मृत्यु भएकोमा शनिबार मृतक संख्यामा कमी आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)