मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

barnanmedia.com · Mon Jul 13 07:20:54 GMT 2026

भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको बीउ बरामद गरिएको छ । \

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले स्थानीय भीमलाल सुवेदीको घरमा आइतबार छापामारी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बीउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । प्रहरीका अनुसार ९४ वटा बोरामा तीन हजार ९२० केजी खर्बुजाको बीउ बरामद गरिएको छ । उक्त बीउ भद्रपुर भन्सार कार्यालय झापामा पठाइने उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)