एमालेमा निषेध भएपछि विद्या भण्डारीसँग के छन् विकल्प ?
barnanmedia.com · Wed Jul 23 21:18:05 GMT 2025

पूर्वानुमानहरूलाई माथ दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध नै गरिदिए। ओली आफू सक्रिय रहुन्जेल अरुलाई अघि बढ्न दिँदैनन् भन्नेमा एमालेका नेताहरू नै कन्भिन्स छन् तर भण्डारीलाई प्रतिस्पर्धीका रुपमा नभइ कुनै न कुनै रुपमा पार्टीमा समावेश गर्ने अड्कल थियो। भदौमा हुन लागेको विधान महाधिवेशनमा उनी प्रतिनिधि बन्न नपाएपनि एमाले सदस्य भने रहन्छिन् र आगामी महाधिवेशनमा कम्तीमा उपाध्यक्षका रुपमा हेरियो।
तर, मंगलबार राति एमाले केन्द्रीय कमिटी बैठकले जे निर्णय गर्यो त्यसले राजनीतिक वृत्त नै तरंगित भएको छ। हुन् त राष्ट्रपति भइसकेका व्यक्ति कुनै पनि आधारमा सक्रिय राजनीतिमा फर्कनु उचित होइन। तर, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालक र नेपाली सेनाको परमाधिपति भइसकेकाले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन नहुने निर्णय गरिदियो।यसअघि मंगलबार दिउँसो भण्डारीले आफू अघि बढिसकेको र रोकिने नरहेको बताएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)