माघ १ गतेदेखि धनगढीमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने
rajdhanidaily.com · Tue Jan 02 23:25:36 GMT 2024
धनगढी । सुदूरपश्चिम प्रदेशको प्रादेशिक राजधानी रहेको कैलालीको धनगढीमा माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने भएको छ । मंगलबार धनगढी उपमहानगरपालिकाले एक सुचना जारी गरेर माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक जनाएको हो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सुचना जारी गर्दैै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)