मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावको यात्रामा भाँजो नहाल, फेरि भाँडभैलो मच्चाउन खोजिए जनताले गर्नेछन् प्रतिकार

barnanmedia.com · Wed Oct 22 22:27:44 GMT 2025

जेनजी आन्दोलपछि अहिले मूल राष्ट्रिय लक्ष्य शान्ति, स्थिरता र लोकतान्त्रिक पुनर्स्थापना हो । त्यो आन्दोलनले जगाएको आशा र मागले पुरानो राजनीतिक परिपाटीमा प्रश्नचिन्ह खडा गर्‍यो । नातावाद, कृपावाद र भ्रष्टाचारविरुद्ध जनउभार पैदा गर्‍यो । यस्तो परिवेशमा अब निर्वाचनमार्फत लोकतन्त्रलाई मजबुत बनाउने अवसर छ। सरकारले गरिरहेको व्यापक चुनाव तयारीले देशलाई नयाँ राजनीतिक युगतर्फ प्रवेश गराउँदै छ । त्यसैले अहिलेको प्राथमिकता निर्विवाद रुपमा शान्ति र चुनाव हो भन्नुपर्ने हुन्छ ।

तर दुःखको कुरा के भने केही समूहहरूले यो संवेदनशील चरणलाई आफ्नो निजी स्वार्थ पूरा गर्ने माध्यम बनाउने प्रयास गरिरहेका छन्। कतिपय जेनजीकै नाम र आवरण धारण गरी देशमा नयाँ प्रकारले वितण्डा मच्चाउने प्रयासमा लागेका छन् । चुनावको पवित्रतालाई कलंकित गरी जारी प्रक्रियामा अवरोध ल्याउने गतिविधिहरू भइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)