मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन : प्रहरी
aarthiknews.com

काठमाडौं । अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीमा कुनै सुरक्षा जोखिम नभेटिएको प्रहरीले जनाएको छ। घटनाको उद्देश्य र गाडी पार्क गर्ने व्यक्तिबारे भने अनुसन्धान जारी रहेको छ।