मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुजाता भन्छिन्– निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने मार्ग कोरियो

baahrakhari.com · Thu Dec 16 01:29:00 GMT 2021

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू विजयी भएको महसूस गरेको बताएकी छन् । उप–सभापतिमा पराजित भएपछि उनले आफू अविचलित रहेर आफूले उठाउँदै आएका मुद्दा पार्टीमा उठाउने प्रतिबद्धता पनि जनाएकी छन् ।

“नेपाली कांग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु । मैंले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताविरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “मैंले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैंले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ । देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरु विशेषगरी महिलाहरुको मुहारमा आशा र उत्साह देखेको छु । यसले मलाई अझै हौसला थपेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)