विदेशी अभ्यास नक्कल गरेर ट्राफिक जरिवाना तोक्न मिल्दैन
nepalnews.com · Mon Jul 13 08:41:54 GMT 2026

सरकारले सवारी तथा यातायातसम्बन्धी कानुन परिमार्जन गर्ने तयारी गरिरहेका बेला ट्राफिक जरिवाना उल्लेख्य रूपमा बढाउने प्रस्ताव चर्चामा छ। यातायात व्यवसायीहरूले भने सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन सुधार नगरी जरिवाना मात्र कडा बनाउँदा समस्या समाधान नहुने बताएका छन्। प्रस्तावित व्यवस्थाप्रति व्यवसायीको धारणा, चालक अनुशासन, सडक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका उपायबारे नेपालन्युज का शम्भुराज रेग्मी ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला (पुण्यप्रसाद) सँग गरेको बातचितको सम्पादित अंश: