दाजुभाइमै मानसिक समस्या, आर्थिक अभावमा खोरको बास
rajdhanidaily.com · Fri Apr 01 23:22:10 GMT 2022
भोजपुर । आर्थिक अभावका कारण भोजपुरको साल्पासिलिछो गाउँपालिकाका दुई युवालाई खोरमा थुनेर राखिएको छ । दुवै जनामा मानसिक समस्या देखिएपछि काठको खोर बनाएर थुनेर राखिएको हो ।
साल्पासिलिछो गाउँपालिका–२ जिमीगाउँका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहान खोरमा बस्न बाध्य छन् । आर्थिक अभाव भएपछि कान्छो छोरा डेगराजलाई सात वर्षदेखि र जेठो छोरा डम्बरलाई दुई वर्षदेखि खोरमा थुनेर राखिएको बाबु छत्रबहादुर चौहानले बताए । मानसिक समस्या भएका कारण अनेक खालका उप्रदो गर्न थालेपछि खोरमा थुनिएको बाबु छत्रबहादुरको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)