खाना पकाउने ग्यास तथा शरीरमा लागेको आगो नियन्त्रण गर्ने अभ्यास गराउँदै सशस्त्र
baahrakhari.com · Fri Mar 17 17:05:00 GMT 2023
खोटाङ । पछिल्लो समय नेपालमा खाना पकाउने ग्यास सिलिन्डरबाट भएका आगलागीका घटना तथा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका घटना वृद्धि हुँदै गएका छन् । खाना पकाउने एलपी ग्यासबाट भएका आगलागीका घटना नियन्त्रण गर्ने उपाय थाहा नहुनुका साथै घटनास्थलमा सर्वसाधारण अतालिनाले समाजमा ठूला घटनासमेत भइरहेका छन् ।
खाना पकाउने ग्यासबाटै भएको दुर्घटनाका कारण खोटाङको खोटेहाङ गाउँपालिका–४ बडकादियालेकी २२ वर्षीया सोनिका राईले ज्यान नै गुमाउनुपर्यो । गत फागनु–८ गते ग्यास पड्किएर भएको दुर्घटनामा गम्भीर घाइते बनेकी सोनिकाको पाँच दिनपछि फागनु–१३ गते उपचारको क्रममा निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)