विद्युत् आयात घट्दै, निर्यात बढ्दै
ekantipur.com · Fri Aug 12 01:09:31 GMT 2022
काठमाडौँ — स्वदेशी बिजुलीबाट वर्षायामको माग धान्न सकिने भएपछि भारतबाट हुने विद्युत् आयात क्रमशः घट्दै गएको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा नेपालले भारतबाट २१ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको बिजुली किनेको थियो । त्यो रकम गत आर्थिक वर्ष करिब आधाले घटेको छ । गत आर्थिक वर्ष ०७८/७९ मा बिजुली आयात ११ अर्ब ५८ करोड २० लाख रुपैयाँमा सीमित देखिन्छ ।
अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकामा गत आर्थिक वर्ष ०७८/७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । गत वर्ष विद्युत् निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)