अमेरिकामा नेपाली कलाकार महादेव त्रिपाठीको नयाँ यात्रा, न्यूयोर्कमा ‘नेपाल बजार’ सञ्चालनमा
kalakarmi.com · Mon Jul 13 09:27:09 GMT 2026

काठमाडौं– नेपाली हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीले अमेरिकामा नयाँ व्यवसायिक यात्रा प्राम्भ गरेका छन् । लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका त्रिपाठीले ‘नेपाल बजार (Nepal Bazar– Grocery, Courier & Cargo)’ नामक ग्रोसरी पसल सञ्चालनमा ल्याएका हुन् ।
न्यूयोर्कको नेपाली समुदायको प्रमुख केन्द्र मानिने ज्याक्सन हाइट्सस्थित 73-17 Broadway, Jackson Heights, NY 11372 मा सञ्चालनमा आएको उक्त पसलको भव्य उद्घाटन हालै सम्पन्न भएको हो । पसलमा नेपाली तथा दक्षिण एसियाली समुदायलाई लक्षित गरी दैनिक उपभोग्य किराना सामग्री, ताजा मासु, कुरियर सेवा, कार्गो सेवा तथा होम डेलिभरीको सुविधा उपलब्ध गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)