राष्ट्रिय सम्मानसहित मुकेशको अन्त्येष्टि
rajdhanidaily.com · Thu May 11 23:19:30 GMT 2023
काठमाडौं । २०६२÷६३ को दोस्रो जनआन्दोलनमा घाइते बनेपाका जिउँदो शहीद मुकेश कायस्थको बुधबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । कायस्थको नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा उनका पिता कृष्णमान कायस्थले दागबत्ती दिएका थिए ।
बनेपा नगरपालिका–८ का कायस्थको शव बुधबार बिहान ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि बनेपा नगरपालिका कार्यालयको प्रांगणमा राखिएको थियो । नेपाल प्रहरीले शोक धुन बजाएर राष्ट्रिय सम्मानसहित बिहीबार दिउँसो ३ बजे अन्त्येष्टि गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुकेशले गणतन्त्र स्थापनामा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)