योजना आयोगलाई रास्वपा सांसद अधिकारीको प्रश्नै–प्रश्न
shilapatra.com · Mon Jul 13 09:52:37 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सोह्रौँ योजनाको कार्यान्वयन, राष्ट्रिय गौरवका आयोजना, पुँजीगत खर्च, वैकल्पिक विकास वित्त, अन्तरनिकाय समन्वय तथा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसम्बन्धी तयारीबारे सरकारसँग जवाफ मागेकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँगको छलफलमा सांसद अधिकारीले सोह्रौँ योजनाले ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को नारासहित संरचनात्मक आर्थिक रूपान्तरणको लक्ष्य लिएको भए पनि तेस्रो वर्षमा प्रवेश गर्दा त्यसको कार्यान्वयन निराशाजनक देखिएको बताइन् ।
पुँजीगत खर्च हुन नसकेको, बजार शिथिल बनेको र रोजगारी सिर्जना ठप्पजस्तै रहेको अवस्थामा योजनाको मूल लक्ष्य हासिल हुने आधार देखिन्छ कि देखिँदैन भन्ने प्रश्न उनले उठाइन् । उनले राष्ट्रिय गौरवका आयोजनाको संख्या २७ बाट १० मा सीमित गर्ने आयोगको प्रस्तावबारे स्पष्ट मापदण्ड सार्वजनिक गर्न माग गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)