गैरजिम्मेवार सांसदहरुका कारण संसदमा कोरमको समस्या
aarthiknews.com · Mon Jun 27 03:18:00 GMT 2022
काठमाडौं । दुई वर्षपछि विधायिकी प्रक्रिया पुनः प्रारम्भ गर्दा संसद्मा भने प्रस्ताव निर्णयार्थ पेसका लागि आवश्यक न्यूनतम सङ्ख्या नै अभाव भएको छ । २०७७ असार १५ पछि ठप्प कानुन निर्माण प्रक्रियामा प्रतिनिधि सभामा सरकारले प्रस्ताव अघि बढाउन नसक्ने अवस्था सिर्जना भएको हो ।
संसदीय व्यवस्थामा आफ्नो प्रस्ताव पारितको मुख्य जिम्मेवारी सत्तापक्षको मानिन्छ । तर आइतबार सरकारका तर्फबाट पेस भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको विचार गरियोस् प्रस्ताव पेस गर्दा गणपूरक सङ्ख्या नै पुगेन । गणपूरक सङ्ख्या नपुगेपछि बैठक ३० मिनेटका लागि स्थगित भयो । प्रमुख सचेतकमार्फत सांसदको खोजी गरेर पुनः दोस्रो बैठकबाट प्रस्ताव अनुमोदन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)