पद्मसम्भव र रिन्जेनको सम्झनामा गुम्बा
ekantipur.com · Sat Jan 29 16:26:12 GMT 2022
काठमाडौँ — पद्मसम्भव र रिन्जेन दोर्जेको योगदान, इतिहास तथा पहिचानलाई ब्युँताउन काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ टेकानपुरमा गुम्बा निर्माण गरिएको छ । बौद्ध धर्म सम्प्रदायमा पद्मसम्भवलाई गुरु रिम्पोछेका रूपमा पुजिन्छ ।
आठौं शताब्दीमा भारतबाट नेपाल हुँदै तिब्बत पुगेर बौद्ध धर्म विस्तार गरेको श्रेय उनैलाई जान्छ । तेमालका अन्तिम तामाङ राजाका रूपमा रिन्जेनलाई तामाङ समुदायले पुज्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)