मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नक्साविहीन घरमा ५० शैयाको अस्पताल

nepalnews.com · Thu Oct 29 04:15:25 GMT 2026

२०७० सालको कुरा हो। मोरङ उर्लाबारी बजार सहर बन्ने बाटोमा थियो। बजार फैलिँदै, व्यापार बढ्दै, बस्ती बाक्लिँदै थियो। गाउँ विकास समिति रहेको उर्लाबारीलाई नगरपालिका बनाउने आवाज चर्किँदै गएको थियो। तर, सहर बन्ने सपना देखिरहेको उर्लाबारीको एउटा यथार्थ भने निकै तीतो थियो- सामान्य बिरामी पर्दासमेत उपचारका लागि स्थानीयले आफ्नै ठाउँमा सुविधा पाउँदैनथे।

मंगलबारेमा प्राथमिक स्वास्थ्य केन्द्र थियो। त्यहाँ न डाक्टर नियमित भेटिने, न नर्स र औषधी सहजै पाइने। बिरामी हुँदा उपचार खोज्न दुरी र खर्चको चिन्ता गर्ने स्थानीयको दैनिक भोगाइ थियो। नगरपालिका बन्ने बहसले उर्लाबारीको भौतिक विकासको सपना देखाइरहँदा आधारभूत स्वास्थ्य सेवाको आवश्यकता ओझेलमा थियो। सहर बन्ने आकांक्षा बोकेको उर्लाबारीलाई त्यसबेला एउटा भरपर्दो अस्पतालको खाँचो थियो, उपचारका लागि बिरामीले आफ्नो ठाउँ छोडेर टाढा भौँतारिनु नपरोस्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)