कोशी प्रदेशको बजेट खर्च २६ अर्ब २७ कराेड
onlinekhabar.com · Mon Jul 13 10:23:20 GMT 2026

२९ असार, विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा जम्मा २६ अर्ब २५ कराेड बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार प्रदेश सरकारले २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ खर्च गरेको हो ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई हेर्दै मध्यावधि समीक्षा बजेटलाई घटाएर ३२ अर्ब ४५ करोडमा झारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)