नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्दै, कुन सवारीले कति तिर्नुपर्छ ?
kalakarmi.com · Thu Oct 29 04:26:03 GMT 2026

काठमाडौं- नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख छ ।
सूचना अनुसार सवारीसाधनलाई चार वर्गमा वर्गीकरण गरी काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट प्रस्थान गर्ने सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । (कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी) काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ लिने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)