डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् सिम्रन, ‘गौँथली’ को प्रचारमा अपनाइन् फरक शैली
kalakarmi.com · Mon Jul 13 10:18:49 GMT 2026
काठमाडौं– नेपाली फिल्मको प्रचार–प्रसारमा नयाँपन ल्याउने प्रयासस्वरूप अभिनेत्री सिम्रन खड्का हालै काठमाडौं उपत्यकाका व्यस्त सडकमा डोकोमा घाँस बोकेर निस्किइन् । आगामी साउन १ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’ को प्रवर्द्धनका लागि उनले फिल्ममा निर्वाह गरेको पात्रकै पहिरन तथा शैलीमा दर्शकमाझ पुगेर प्रचार अभियान सञ्चालन गरेकी हुन् ।
सिम्रनले काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्र तथा ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर प्रत्यक्ष रूपमा दर्शकसँग संवाद गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)