गण्डकी च्याम्पियन
ekantipur.com · Sat Mar 26 01:10:18 GMT 2022
धनगढी — गण्डकी प्रदेशले मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गण्डकीले फाइनलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै उपाधि जित्यो । गण्डकीले २ लाख, उपविजेता कर्णाली प्रदेशले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार टस जितेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाई ६४ रन बनायो । ६५ रनको लक्ष्य पछ्याएको गण्डकीले १७.३ ओभरमा ७ विकेट गुमाई पूरा गरेको हो । ज्योत्सनिका मरासिनीले ११, सिर्जना पौडेल र आङ्पेम्बलुम्बा शेर्पाले ९–९ रन बनाए । कर्णालीकी श्रीमीसिंह थारुले ४ विकेट लिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)