बौद्ध भिक्षुको भेषमा मानव बेचबिखन
janaaastha.com · Wed Nov 24 16:30:05 GMT 2021
बौद्ध भिक्षुको भेषमा दुई जना बालकलाई भारत लगेर बेचबिखन गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । मानव बेचबिखत तथा ओसारपसारमा संलग्न भएको आरोपमा नवलपरासीको देउचुली नगरपालिका–१७ का ३६ वर्षीय सन्तवीर लामा गत कात्तिक २९ गते पक्राउ परेका हुन् ।
उनले काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा लामा विद्या अध्ययन गरिरहेका .दुई जनालाई भारत लैजान प्रपञ्च रचेका थिए । उनले आफूलाई भारतको कर्णाटक राज्यमा रहेको मुडगोड लामा क्याम्प नम्बर १ स्यार गडेन मोनेष्ट्री गुम्बामा अध्ययन गरेको लामागुरुको रुपमा परिचय दिँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)