सडक दुर्घटनामा एकको मृत्यु
lokaantar.com

झापामा भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ ५ः३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट चारआलितर्फ गइरहेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा परी झापा जिल्ला अर्जुनधारा नगरपालिका–१० बस्ने ६८ वर्षीय टङ्कप्रसाद बराल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाँना साथ चिकित्सकले मृत घोषण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)