मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन आयोग कमिसनको चक्करमा लाग्दा देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव, ८० लाख विद्यार्थी प्रभावित

ratopati.com

झट्ट सुन्दा निर्वाचन आयोग र विद्यालयमा पाठ्यपुस्तक अभावको सम्बन्ध अमिल्दो देखिन सक्ला । तर यो वर्ष निर्वाचन आयोगकै कारण देशभरका ८० लाख विद्यार्थीले पाठ्यपुस्तक अभावको सामना गर्नुपरेको छ । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै २ महिना पुग्न लाग्यो तर पहिलो त्रैमासिक परीक्षा हुनै लाग्दा पनि देशभरका विद्यार्थीहरुले पूर्ण रुपमा पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

पाठ्यपुस्तक मुद्रणको जिम्मा रहेको जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त भएका कारण समयमा पाठ्यपुस्तक छाप्न असमर्थ हुँदा देशभर पाठ्यपुस्तकको अभाव भएको हो । वैशाख ३० गतेको चुनावका लागि निर्वाचन आयोगले चैत महिनादेखि नै नमुना मतपत्र छाप्दै जनक शिक्षाको प्रेस होल्ड गर्न सुरु गर्‍यो । जसका कारण पाठ्यपुस्तक छाप्ने काममा अवरोध हुन पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)