नेपाल सरकारलाई फुङलिङको अपिल: बजारभित्रको सडक सीमा १५ मिटर कायम होस्
nagariknews.nagariknetwork.com · Wed Jun 10 13:19:40 GMT 2026

ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत फुङलिङ बजारभित्रको सडक सीमा १५ मिटर कायम हुनेगरी सडक सीमाक्षेत्र संशोधन गरिदिन नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।
नगरप्रमुख अमिर मादेनले वर्षौंदेखि बसोबास गर्दै आएका नगरवासीलाई तत्काल घरबारविहीन बनाउने गरी सरकारले जारी गरेको ३० मिटर सडक सीमालाई पुनर्विचार गरी दायाँ–बायाँ ७.५–७.५ मिटर कायम हुनेगरी विगतको सडक सीमाक्षेत्र संशोधनका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय नगर कार्यपालिकाले गरेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)