चीनको गरिबी निवारणमा नमूना योगदान
ratopati.com
एजेन्सी । गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याउने चीनले बताएको छ । चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्ष अगाडी नै ‘संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूची’ मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको चिनियाँ अधिकारीले दावी गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले विगत आठ वर्षमा गरिबी निवारणका लागि गरेको पहलबाट करिब दश करोड चिनियाँ नागरिकले गरिबीबाट मुक्ति पाएको बताए ।
“यसलाई हरेक वर्ष प्राप्त सबैभन्दा ठूलो उपलब्धिका रूपमा चीनले लिएको छ भने विश्वका लागि यो एक उदाहरणीय काम हो,” उनले भने ।विश्वको जनसंख्याको करिब २० प्रतिशत स्थान ओगटेको चीनमा गरिबी निवारण हुनुलाई संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरूले प्रशंसा गरेका छन् । यो नियमित प्रगति चीनका लागि मात्र नभई विश्वका लागि पनि ठूलो उपलब्धि भएको चीनको दावी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)