पोखरा स्पोर्टस् अवार्ड : चार विधामा मनोनयन सार्वजनिक
baahrakhari.com · Wed Apr 30 17:58:30 GMT 2025
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको नवौँ संस्करण यही वैशाख २६ गते पोखरामा हुँदैछ । मञ्चले बुधबार अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ ।
वर्ष उत्कृष्ट खेलाडी महिलामा भलिबलका अरुणा शाही (म्याग्दी), फेन्सिङका कृपा गुरुङ (स्याङ्जा) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा (बाग्लुङ) मनोनयनमा परेका छन् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)