पञ्जाबसँगको हारले चेन्नई प्लेअफ होडबाट बाहिरियो
onlinekhabar.com · Wed Apr 30 18:00:15 GMT 2025
१७ वैशाख, काठमाडौं । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को प्लेअफ होडबाट बाहिरिएको छ । बुधबार पञ्जाब किङ्ससँग ४ विकेटको हार बेहोरेसँगै चेन्नई ४ खेलअगावै प्लेअफ होडबाट बाहिरिएको हो ।
पञ्जाबले छैटौं जित निकाल्दा चेन्नईले १० खेलमा आठौं हार बेहोरेको हो । चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । पञ्जाबको जितमा कप्तान श्रेयस अय्यरले सर्वाधिक ७२ रन बनाउँदै जितको संघारमा पुर्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)