मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति बनाएका छैनौं : रास्वपा

barnanmedia.com · Wed Jul 01 23:01:48 GMT 2026

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै ‘१८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना व्यक्ति पार्टीको सदस्य रहेको’ भनी आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारे । विज्ञप्तिमा भनिएको छ, “१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य न रास्वपाको नीति हो, न अभ्यास, न त कुनै संस्थागत उद्देश्य नै हो ।”

डिजिटल सदस्यता प्रणालीमा ‘आवेदन’ दिएका तर ‘अन्तिम स्वीकृति’ नपाएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा कच्चा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको रास्वपाले जनाएको छ । सदस्यताका लागि अनलाइनबाट जोसुकैले आवेदन दिन सक्ने खुला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा टाइपोग्राफिकल त्रुटि, पात्रो प्रणालीको गलत छनोट वा अन्य प्राविधिक कारणले उमेर विवरणमा फरक परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)