हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग निर्माण तीव्र, आगामी वर्ष पूरा हुने
nayapatrikadaily.com · Wed Feb 07 00:31:00 GMT 2024
बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सडकमार्ग स्तरोन्नति तथा निर्माण कार्यले यसपटक तीव्रता पाएको छ । हेटौँडा–भैँसे–भीमफेदीबाट कुलेखानी–फाखेल हुँदै हुमाने फर्पिङसम्मको सडकखण्डको कामले पछिल्लो समय भने गति लिएको हो ।
गत साता मात्रै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यस सडकखण्डको स्थलगत अवलोकन गरी निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम सक्न निर्देशन दिएका थिए । हेटौँडाबाट भीमफेदी, फाखेल हुँदै हुमाने फर्पिङसम्मको ३३.५ किलोमिटर लम्बाइको उक्त सडक निर्माण धमाधम भइरहेको यातायात पूर्वाधार विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी हरि ओझाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)