सोती घटनाका पीडितहरू भन्छन् : बल्ल न्याय पायौं
ekantipur.com · Wed Dec 06 16:45:50 GMT 2023
रुकुम पश्चिम — बितेका तीन दिनको तुलनामा बुधबार रुकुम पश्चिम जिल्ला अदालत परिसरमा चहलपहल निकै कम थियो । मध्यान्हतिर बाजागाजासहितको टोली अदालत छिर्ने मूल गेटको बाटो नजिकै पुग्यो र अदालततर्फ फर्किएर फूल चढाउँदै भुइँमा शिर निहुर्याएर ढोग गर्यो ।
साढे तीन वर्षअघि जाजरकोटका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएका २४ जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैद र २ जनालाई जातीय छुवाछूत कसुरमा २ वर्ष कैद सजाय सुनाइएपछि पीडितका आफन्तले अदालतको फैसलाको सम्मान गर्दै बुधबार दिउँसो खुसी व्यक्त गरेका हुन् । उनीहरूले घटनाको लामो समयपछि बुधबार रुकुम पश्चिम जिल्ला अदालतले गरेको फैसलाले न्याय पाएको अनुभूति गरेको भन्दै अदालत र सम्बद्ध सबैमा धन्यवाद दिँदै खलंगा बजारमा र्याली निकालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)