फोटोनले थप्यो पाँच नयाँ सेवा केन्द्र, बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा विस्तार
baahrakhari.com · Mon Jul 13 13:20:31 GMT 2026

काठमाडौं । फोटोनले नेपालमा पाँच नयाँ फोटोन टोटल केयर शिल्ड सेवा केन्द्र सञ्चालनमा ल्याउँदै आफ्नो बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा विस्तार गरेको छ । कम्पनीका अनुसार नयाँ सेवा केन्द्र सञ्चालनसँगै देशभरका विद्युतीय व्यावसायिक सवारीसाधनका ग्राहकले स्थानीयस्तरमै मर्मत, प्राविधिक सहयोग तथा बिक्रीपछिका सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले नयाँ सेवा केन्द्रहरू भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा सञ्चालनमा ल्याएको जनाएको छ । यी सेवा केन्द्रले सम्बन्धित क्षेत्रका फोटोनका ग्राहकलाई छिटो, सहज र भरपर्दो सेवा उपलब्ध गराउने कम्पनीको विश्वास छ । विशेषगरी शैक्षिक संस्था, ढुवानी व्यवसाय तथा व्यावसायिक सवारीसाधन सञ्चालन गर्ने ग्राहकका लागि सेवा विस्तार महत्वपूर्ण हुने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)