सेवा वारि, बास पारि
ekantipur.com · Tue Jan 25 01:06:13 GMT 2022
बैतडी — डिलाशैनी गाउँपालिका–३ सिमारकी अनमी सिर्जना बोहरा नेपाल–भारत नाकाको झुलाघाटस्थित हेल्थ डेस्कमा कार्यरत छिन् । एक वर्षयता कोरोना कहरमा भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा खटिइरहेकी छन् । नेपालतर्फ नाकामा बिहानैदेखि खटिने उनको बसाइ भने भारतीय बजारमा छ । उनलाई हरेक साँझ बासका लागि पारि जाने हतारो पर्छ ।
महाकाली नदी किनारको झुलाघाट नाकामा वार भीरमाथि सानो बजार छ । त्यहाँ बस्नलाई कोठा नपाउँदा बोहरा गत वर्षदेखि नै भारतीय बजारमा बस्दै आएकी हुन् । नाकास्थित झोलुंगे पुलमा साँझ दुवैतर्फका सुरक्षाकर्मीले ताला लगाउँछन् । हरेक बिहान झिसमिसेमै जब पुलको ताला खुल्छ, बोहरा स्वदेश आउँछिन् । नाका पार गर्ने र कालापारबाट फर्केकाहरुको जाँच गर्न थाल्छिन् । सीमाको हेल्थ डेस्कमा कार्यरत भएबाटै उनी भारतीय बजारमा कोठा लिएर बस्न थालेकी हुन् । ‘नेपालतर्फ बस्ने ठाउँ नै छैन, पसलहरु मात्र छन्,’ उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)