मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्री वाग्लेको प्रतिरक्षा– एमाले र कांग्रेसको अघिल्लो सरकारले ७३ वटा करका दरहरू चलाएको छ

shilapatra.com · Wed Jun 10 13:33:00 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकका सम्बन्धमा अनावश्यक मुद्दा उछालेर आफूमाथि प्रहार गरिएको तर्क गरेका छन् । बुधबार अर्थ समितिमा उपस्थित अर्थमन्त्री वाग्लेले आफूमाथि लागेको आरोपको खण्डन गर्दै सार्वजनिक आर्थिक विधेयकमा भाषागत त्रुटिबाहेक अरु कुनै पनि करका दर, व्यवस्था नसच्याइएको उनले दाबी गरे ।

आर्थिक विधेयकमा सम्बन्धमा अर्थमन्त्री वाग्लेले अनधिकृत रूपमा मनलाग्दी करका दरहरू हेरफेर गरेको, विधेयकको पाना घटाएको देखि, आर्थिक विधेयक सार्वजनिक हुनुअघि नै सूचना चुहाएको अर्थमन्त्री वाग्लेमाथि आरोप लागेको छ । यसपछि आफूमाथि लागेको आरोपको खण्डन र प्रतिरक्षामा उत्रिएका अर्थमन्त्री वाग्लेले बुधबार अर्थ समितिमा उपस्थित हुँदै यस सम्बन्धमा थप स्पष्टीकरण दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)