इंग्लिस प्रिमियर लिग: अन्तिम समयमा लिभरपुलले टार्यो हार, च्याम्पियन्स लिग छनोटमा युनाईटेड बलियो
deshsanchar.com · Sat May 20 16:40:37 GMT 2023
रोबर्टो फिरमिनोले निर्धारित समय सकिन एक मिनेट बाँकी हुँदा गोल गर्दै लिभरपुललाई एस्टन भिल्लासँग पराजित हुन बाट जोगाएका छन्। शनिबार राति भएको खेलमा फिरमिनोको गोलसँगै लिभरपुलले अन्तिम खेल अगावै च्याम्पियन्स लिग छनोटको सम्भावित अन्त समेत टार्न सफल भयो। शनिबारनै भएको खेलमा म्यानचेस्टर युनाइटेड भने बोर्नेमाउथलाई १-० ले हराउँदै च्याम्पियन्स लिगमा बलियो देखिएको छ।
एनफिल्डमा भएको खेलमा लिभरपुल विरुद्ध एस्टन भिल्लाले २७ औ मिनेटमा अग्रता बनाएको थियो। उसका लागि ज्याकब रामसेले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसअघि २२ औ मिनेटमा भिल्लाले पेनाल्टीको मौका गुमाएको थियो। उसका ओली वाट्किन्सले गरेको प्रहार बाहिरियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)