काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी निर्देशिका बनाइने
kalakarmi.com · Mon Jul 13 14:29:56 GMT 2026

काठमाडौं– प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले सोमवारदेखि कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्नुअघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ लिएका छन् । शपथ ग्रहण पश्चात् उनले काउन्सिलमा पदवहाली गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले अहिलेको एआई तथा सोसल मिडियाको परिवर्तित अवस्थामा प्रेस काउन्सिल नेपालको भूमिकामा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । साथै, प्रेस स्वतन्त्रताको रक्षा गर्नु पनि काउन्सिलको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उनले कुनै पनि दवावबाट मुक्त भई स्वच्छ भएर पत्रकारिता क्षेत्र तथा सरकारबीच पुलको रूपमा काम गर्न प्रयत्नरत रहने बताए । अध्यक्ष श्रेष्ठले कर्मचारीका समस्याहरूलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)