नवलपुरमा अठार हजार बढी प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
gorkhapatraonline.com · Wed Jun 10 13:38:31 GMT 2026

राष्ट्रिय आर्थिक गणनाअन्तर्गत नवलपुरमा हालसम्म १८ हजार ८५८ आर्थिक प्रतिष्ठानको गणना सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना कार्यालय नवलपुरका सहायक आर्थिक गणना अधिकारी रुद्र अधिकारीका अनुसार जिल्लामा ५४ दिनमा उक्त संख्यामा आर्थिक प्रतिष्ठानको गणना सम्पन्न भएको हो ।
कार्यालयले यसपाली नवलपुरमा २२ हजार १९५ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको अधिकारीले जानकारी दिनुभयो । गणनाको प्रारम्भिक तथ्याङ्क हेर्दा जिल्लामा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधि विस्तार हुँदैगएको र व्यावसायिक प्रतिष्ठानको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखाएको अधिकारी बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)