मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज मुख्य दिन अठवाली मनाइँदै

onlinekhabar.com · Sat Sep 03 00:48:09 GMT 2022

१८ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ ।

दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)