निरन्तरको समाजसेवा नै मेरो जित्ने आधार
rajdhanidaily.com · Sun Nov 06 23:13:18 GMT 2022
(समाजसेवा गर्ने क्रममा राजनीतिमा प्रवेश गरेकी हसिना शाक्य विगतदेखि नै विभिन्न संघसंस्थामार्फत समाजसेवामा सक्रिय रहँदै आएकी छन् । समाजसेवाका क्रममा ललितपुर क्षेत्र नम्बर २ मा जनताको घरवस्तीमा पुगेर हिजोका दिनमा आपूmले गरेको जनसेवाका कारण यस क्षेत्रका जनताले आपूmलाई जिताएर न्याय दिनेमा उनी विश्वस्त छन् ।
ललितपुरमा बौद्धविहार संघ, महिला संघको नेतृत्वमा रहेर काम गरिसकेकी उनी ब्लड डोनर एसोसियसनको केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज, नेपाल आखादान समाजको सामुदायिक परिचालिका भएरसमेत ललितपुरका जनताका सेवामा सधंै सक्रिय रहँदै आएकी छन् । समाजसेवाका साथै राजनीतिमा प्रवेश गरेकी उनी २०६४ सालमा माओवादी शान्तिपूर्ण धारमा आएपछि माओवादीबाट राजनीतिमा प्रवेश गरेकी हुन् । तर, माओवादीले आफ्नो एजेन्डालाई बिर्सिएको भन्दै उनले एक वर्षअघि माओवादी परित्याग गर्दै राप्रपामा प्रवेश गरिन् । विशेष गरी राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएर आएपछि लिङ्देनले समातेको राष्ट्रवाद, इमानदारिता र सुशासनका कारण राप्रपामा प्रवेश गरेको उनको भनाइ छ । हाल राप्रपाबाट प्रदेशसभाको टिकटसमेत पाउन सफल शाक्यसँग राजधानीले गरेको संक्षिप्त कुराकानी )
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)