सडकका जेनजीको प्रश्न- आन्दोलनको मर्म भुलेर मुठभेडमा जान खोजेको हो ?
onlinekhabar.com · Mon Jul 13 15:16:55 GMT 2026

२९ असार,काठमाडौं । जेनजी अगुवा माजिद अन्सारी यतिबेला अस्पतालको शैयामा छन् । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेको सुकुमवासीको अवस्था बुझ्न जाँदा उनीमाथि धरपकड भएको थियो । उनीसहित जेनजी अगुवा सरिस्मा थापा, नेल्सन घतानी पक्राउ परेका थिए । त्यस्तै, भूमि आयोगका पूर्वअध्यक्ष नहेन्द्र खड्कामाथि पनि दुर्व्यवहारसँगै धरपकड गरिएको थियो ।
यसरी पक्राउ परेकामध्ये माजिद अन्सारी प्रहरीको कुटपिटबाट घाइते पनि भए । त्यसपछि उनलाई शिक्षण अस्पताल पुर्याइयो । अहिले उनको उपचार भइरहेको छ । पक्राउ परे लगत्तै अनलाइनखबरसँग माजिदले भनेका थिए, ‘प्रहरीले कुटपिट र लछारपछार गर्दै नियन्त्रणमा लिएको छ, मेरो नाकबाट रगत समेत आएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)