११ महिनामा नेपाल भित्रियो २१ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स
nepalnews.com · Mon Jul 13 15:23:46 GMT 2026

काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार जेठ मसान्तसम्म विप्रेषण आप्रवाह २ हजार १२० अर्ब ८० करोड रुपैयाँ पुगेको हो।
यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशतले बढी हो। गत वर्ष जेठ मसान्तसम्म नेपालमा १ हजार ५३४ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)