मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सनराईज बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

arthasansar.com

सनराईज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा उल्लेख्य बढेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४८.६९ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)