राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै
barnanmedia.com · Wed Apr 30 21:54:31 GMT 2025

हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको यहाँको राक्सिराङ गाउँपालिकामा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना दिने सेन्सरसहितको साइरन प्रणाली जडान गरिने भएको छ ।
साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा यस्तो यन्त्र राक्सिराङ गाउँपालिकालाई हस्तान्तरण भइसकेको र जडान कार्य अगाडि बढ्ने सो संस्थमा अध्यक्ष श्रीराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रविधिले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्रका स्थानीय बासिन्दालाई १५ मिनेटअघि नै चट्याङको चेतावनी दिने साइरन बज्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)