लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी
barnanmedia.com · Wed Apr 30 22:00:11 GMT 2025

कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि दुईदिने लगानी सम्मेलन आयोजना गर्दैछ । यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् ।
प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण यो प्रदेशलाई नेपालकै अर्थतन्त्रको मेरुदण्डका रूपमा हेर्न गरिएको छ । सगरमाथाको काखदेखी तराईको उर्वर भूमिसम्म फैलिएको प्रदेशमा लगानी सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको स्वर्णिम अवसर प्रदान गर्ने व्यवसायीहरूको बुझाइ छ । कोभिड १९ पछि थलिएको क्षेत्रलाई सम्मेलनले उत्साह ल्याएको व्यवासायीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)