बाँकेका ‘मिनी जीबी राई’ विष्णु : ससुरालाई समेत फसाएर करोडौँ अपचलन
ratopati.com · Sun Mar 10 00:26:00 GMT 2024
बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीबाट रकम अपचलन गरेर फरार रहेको गितेन्द्रबहादुर (जीबी) राईजस्तै नेपालगन्ज र बर्दियामा नमस्ते सहकारी रकम अपचलन गरेका विष्णु रिमालको व्यवहार उस्तै भएपछि सहकारीका सरोकारवालहरूले उनलाई ‘मिनी जीबी राई’ को संज्ञा दिन थालेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ बस्ने रिमालले विभिन्न ठाउँमा सहकारी स्थापना गर्ने र रकम अपचलन गर्ने काम गरेका हुन् ।
रिमालले सुरुमा बर्दिया जिल्लामा नमस्ते सहकारी स्थापना गरे । त्यहाँ उनले ५ करोड रकम अपचलन गरे । त्यसपछि दाजु नरेन्द्र रिमाललाई अध्यक्ष बनाएर आफूले नेपालगन्जमा नमस्ते सहकारीको स्थापना गरी त्यहाँ पनि रकम अपचलन गरेका थिए । नेपालगन्जमा रहेको उक्त सहकारीको ९८ करोड पुँजीमध्ये उनले ३० करोड रकम अपचलन गरेको सहकारीका सचिव प्रकाश ज्ञवालीले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)