मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा नेपालले आगामी वैशाख २० गते धरानमा गोष्ठीका लागि तयारी तीव्र , नेताहरुलाई जिम्मेवारी तोकियो

barnanmedia.com · Wed Apr 30 22:17:58 GMT 2025

जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी वैशाख २० गते धरानमा आयोजना गर्न लागेको ‘कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’को तयारी तीव्र बनाएको छ । पार्टीले गोष्ठीमा सहभागी गराउन विभिन्न तहका नेता तथा संगठनलाई परिपत्र जारी गर्दै जिम्मेवारी बाँडेको छ ।

जसपा नेपालका सह–अध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा गठन गरिएको ‘१ नं प्रदेश आन्दोलन परिचालन तथा समन्वय समिति’ले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति, प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला समिति, पालिका समिति र भ्रातृसङ्गठनलाई गोष्ठीमा उपस्थित गराउन निर्देशन दिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)